भोजपुर– पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो । कतिपय जिल्लाका गाउँवस्ती यसका लागि प्रख्यात छन् । किसानको जीवनस्तर उकास्ने रुद्राक्षको मोल र महत्व बढेसँगै यसलाई जोगाउन निकै चुनौती थपिएको छ ।


ADVERTISEMENT


किसानले पनि जोगाउने नयाँ नयाँ उपायसँगै प्रविधिको समेत उपयोग गर्न सुरु गरेका छन् । भोजपुरको उत्तरी भेगको प्रमुख आम्दानी स्रोत वनको रुद्राक्ष खेतीमा चोरी र जथाभावी क्षति पुर्‍याउने कार्यले बगान कुर्नुपर्ने बाध्यता बढेको छ । हिजोआज किसानहरू सीसी क्यामराबाट बगानको रेखदेख र निगरानी गर्न थालेका छन् ।


ADVERTISEMENT

# # #


षडानन्द नगरपालिका क्षेत्र आसपास रातिमा जथाभावी क्षति पुर्‍याउने र चोरी बढ्न थालेपछि कृषकले घर र बगान वरिपरि सीसी क्यामेरा प्रयोग गरी रुद्राक्षको निगरानी गर्न थालेका हुन् । गत वैशाखबाट स्थानीय दिङ्ला आसपास करिब ४५ घरका किसानले नयाँ प्रविधिबाट रुद्राक्षको रेखदेख गर्न थालेका हुन् । सीसी क्यामेराको प्रयोग गरिएपछि रुद्राक्षको बगानमा हुने अनैतिक क्रियाकलाप पनि कम भएको स्थानीय कृषक सुनाउँछन् । – आजको अन्नपूर्ण पोष्टबाट