काठमाडौं– केलियन एम्बोप्पेको गोलसँगै विश्व विजेता फ्रान्सले आइसल्याण्डसँग अप्रत्यासित हार टारेको छ । बिहीबार राति भएको मैत्रिपूर्ण खेलमा फ्रान्स र आइसल्याण्डले २–२ को बराबरी खेलेका हुन् ।


ADVERTISEMENT


फ्रान्स निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदासम्म २–० ले पछाडि थियो । तर, सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका एम्बाप्पेले हार टारे ।


ADVERTISEMENT

# # #


खेलको ८६ औं मिनेटमा इयोल्फसनले आत्मघाती गोल गरे भने ९० औं मिनेटमा पाएको पेनाल्टीमा एम्बाप्पेले गोल गर्दै बराबरी गरे ।

यसअघि आइसल्याण्डले ३० औं मिनेटमा बिआनेसनको गोलबाट अग्रता लिएको थियो भने ५८ औं मिनेटमा कारी अनर्सनले अग्रता दोब्बर पारेका थिए ।