काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उनका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।