स्याङजा– नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताएका छन् । स्याङजाको चापाकोटमा आज आयोजित कार्यक्रममा उनले भने, मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो ।”


ADVERTISEMENT


महामन्त्री डा कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको मोहभन्दा पनि आफूले समाज रुपान्तरणको कडी बन्न चाहेको उल्लेख गर्दै मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


काङ्ग्रेसले जनताको माग र चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदैं उनले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाए ।

महामन्त्री डा कोइरालाले काङ्ग्रेस सात सालदेखि प्रजातन्त्रको लागि लड्दै आएको उल्लेख गर्दै पार्टी सङ्गठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।