जनकपुर– ११ कक्षाका नतिजा प्रकाशनमा राष्ट्रिय परीक्षा बोर्डले गम्भीर त्रुटि गरेको तथ्य फेला परेको छ । व्यवस्थापन संकायको परीक्षा दिएका विद्यार्थीको विज्ञान संकायमा नतिजा आएपछि लापरवाही गरेको पुष्टि भएको हो ।


ADVERTISEMENT


राजर्षि जनक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सुमित मिश्राले व्यवस्थापन संकायमा आवेदन, परीक्षा फारम तथा परीक्षा दिएका थिए । व्यवस्थापन संकायकै सवै विषयमा परीक्षा दिएका मिश्राको नतिजा विज्ञान संकायमा आएपछि उनी अन्योलमा परेका छन् । उच्च शिक्षा परिषदले हालै सार्वजनिक गरेको ११ कक्षाको नतिजा अनुसार मिश्राको अनिवार्य अंग्रेजीमा डी ग्रेड आएको छ । र, बाँकी विषय फिजिक्स, केमेस्ट्री, बायोलोजी तथा गणितमा अनुपस्थित रहेको छ ।


ADVERTISEMENT

# # #


७५१७१३८४३ रजिस्टे«शन नम्बर रहेको मिश्रा तथा कलेजले व्यवस्थापन संकायमै सवै प्रक्रिया पूरा गरि परीक्षा दिदाँ पनि बोर्डको लापरवाहीले विज्ञान तर्फ रिजल्ट आएको कलेजका संचालक गुड्डु झाले बताएका छन् । कलेजले पठाएको रजिष्टे«शन फारम, परीक्षा फारममा समेत मिश्रा व्यवस्थापन संकायमै रहेको झाको दावी छ । यद्यपी, कलेज, विद्यार्थी र बोर्डको त्रुटिका कारण व्यवस्थापन संकायको विद्यार्थीको नतिजा विज्ञान संकायमा आएको परीक्षा बोर्ड जनकपुरका प्रमुख प्रकाश काफ्लेले बताए ।

११७०२७४० सिम्बोल नम्बर रहेको मिश्राको परीक्षा हाजिरमा समेत व्यवस्थापन संकायमै रहेको छ । सम्पूर्ण अभिलेख तथा प्रमाणहरु व्यवस्थापन सकंकायकै रहेपनि बोर्डको त्रुटिले विद्यार्थीको भविष्य नै अन्धकार हुने अवस्था देखिएको छ ।