बझाङ– जिल्लाको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।


ADVERTISEMENT


आज बिहान बागथलाबाट बिजगडा जाने क्रममा ठिमीबगर भन्ने ठाउँमा साढे ६ बजे से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु र १२ जना घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा कञ्चनपुर बेदकोट वडा नम्बर ५ बस्ने बर्ष ५६ का धन बहादुर बोहरा र सोही ठाउँका बर्ष ६५ की बिष्ना देवि बोहरा रहेको प्रहरीले जनाएको छ ।

जीपमा सवार गर्दै आएका १४ जना मध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको र जम्मा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताए ।

जीप सडकभन्दा २०० मिटर तल खसेको थियो ।