काठमाडौँ– मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई १७३ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


मलेसियाको बायुसमास ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १७२ रन बनाएको हो । नेपालका लागि आठाँै नम्बरमा आएका करण केसीले जादू देखाएपछि कुनै समय सामान्य स्कोरमा नै सकेटिने देखिएको नेपाललाई माथि पुर्याए । उनले मात्र १४ रनमा ४० नटआउट रन बनाए । जसमा चार छक्का र २ चौका समावेश थिए ।


ADVERTISEMENT

# # #


आज नेपालको ओपिनिङ केही आक्रामक देखिएको थियो । पहिलो विकेटका रुपमा विनोद भण्डारी आउट हुनुअघि नेपालले २(३ ओभरमा २८ रन बनाएको थियो । विनोद व्यक्तिगत ८ बलमा एक छक्का र २ चौकाको मदतमा १५ रन बनाए । यस्तै अनिल शाह २५ रन बनाए ।

यस्तै शरद भेषवाकरले ३४ रन बनाए । उनले २८ बलमा २ चौका प्रहार गरे भने दीपेन्द्र सिंह ऐरीले एक छक्का र ३ चौकाको मदतमा २६ बलमा ३० रन ठोके । आरिफ शेख ८ रन बनाए आउट हुँदा ज्ञानेन्द्र मल्ल ७ र कप्तान पारस खड्का ५ रन बनाएर फर्किए । सोमपाल कामी ४ रनमा नट आउट रहे ।

थाइल्याण्डका लागि पयुरपथ सग्नार्डले ४ विकेट लिए । उनले चार ओभरमा २१ रनमात्र खर्चिए । यस्तै भिचनाथ सिंहल २ तथा जियाउन हकले एक विकेट लिए ।

यस अघिको मलेसिया र म्यानमारसंगको खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।