काठमाडौं– दशैँका लागि घर जाँदै गरेका एक दम्पतीलार्इ ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु र श्रीमती घाइते भएका छन् । काठमाडौंको नैकापमा उनीहरु सवार मोटरसाइकललाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको हो । घाइते भएकी श्रीमतीको अवस्था पनि गम्भीर रहेको छ ।


ADVERTISEMENT


नैकाप ओरालोमा शनिबार  मोटरसाइकललाई ना ६ प ३०४१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । मृत्यु हुनेमा स्याङ्जा पिँढीखोला घर भएका पुन थापा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते बनेकी पुनकी श्रीमती दिव्या थापाको हाल वीर हस्पिटलमा उपचार भइरहेको छ । उनका श्रीमानलार्इ पनि उपचारका लागि ट्रमा सेन्टर ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।