लहान– सिरहाको लहान नगरपालिका–१५ शोभापुरबाट सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा गए राति ठूलो परिमाणमा काठ बरामद गरेको छ ।


ADVERTISEMENT


सशस्त्र प्रहरी बेसक्याम्प लहानबाट खटिएको टोलीले सालको तयारी झ्याल, ढोकाको ६३ थान १४.२९ क्यूफिट काठ बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


बरामद काठ आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाएको सशस्त्र प्रहरी बेसक्याम्प लहानका प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिएका छन् ।