काठमाडौं– दशैं नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दा मर्कामा परेका छन्  । पाँच किलोग्राम चामल खरिद गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट सिफारिस लिनु परिरहेको छ ।


ADVERTISEMENT


नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबारदेखि चामल बिक्री गर्न थालेको हो । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । – आजको नयाँ पत्रिका दैनिकबाट


ADVERTISEMENT

# # #