काठमाडौँ– सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपालले संसदमै उभिएर आफ्नै पार्टी नेतृत्वको सरकारको चर्को आलोचना गरेपछि नेकपाभित्र एकखालको तरंग नै आएको छ । यसैबीच पूर्व माओवादीबा आएका नेकपा नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गरेका छन् ।


ADVERTISEMENT


सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता श्रेष्ठले सरकारका कामकारबाही सन्तोषजनक नरहेको बताए । उनले सरकार काममा भन्दा अमूर्त नारामा सीमित भएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीभित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन जरुरी रहेको बताउँदै नेता श्रेष्ठले भने, ‘मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारीबाहेक अरु सबलाई म सफाया गर्दिन्छु भन्ने मानसिकताले भ्रष्टाचार विरोधी आन्दोलन हुन सक्दैन ।’

कम्युनिष्ट आन्दोलन सफल बनाउने हो भने मार्क्सको सच्चा सिद्धान्त व्यवहारमा अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । क्रान्ति वा रुपान्तरणको पहिलो निशाना सबै नेताले सुरुमा आफैलार्इ बनाउनुपर्ने धारणा राख्दै उनले पार्टी मार्क्सवादी सिद्धान्त र चिन्तनबाट विचल्लित हुँदै जानु चिन्ताको विषय रहेको बताए ।

पार्टीभित्र समयमै वैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाम मात्रको बन्ने र कम्युनिष्ट सरकार पनि केवल नारामा सीमित हुने खतरा रहेको उनको भनाइ थियो । दुई तिहाईको सरकारले गर्ने कार्यशैली जनताको पक्षमा हुनुपर्नेमा उनले जोड दिए ।