ओखलढुंगा– कोहीसँग पैसा उठाउनु छ ? छ भने होसियार बन्नुस् ।
आफ्ना आसामीलाई जर्बजस्ती पैसा नमाग्नुस ।  यदि आसामीले तनावमाा आएर आत्महत्या गर्यो भने तपाईमाथि मुद्धा लाग्न सक्छ ।  यहाँ यस्तै किसिमको घटना भयो ।


ADVERTISEMENT


पैसा उठाउनु आएका एक कम्पनीका ३ कर्मचारीलाई दुराशय राखी कर्तव्य ज्यान गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।  सिद्धिचरण नगरपालिका ४ का रामकुमार भुजेल काठमाडौंको समाखुसीस्थित एक हार्डवेयर कम्पनीले काम गर्थे ।


ADVERTISEMENT

# # #


उनले कम्पनीमा कम गर्दा लाखौँ रकम हिनामिना गरेको अरोप लाग्यो ।  रामकुमार काम छोडेर विस्तारै कम्पनीबाट टाढिए ।

कम्पनीले उनलाई खोजी गर्यो ।  त्यही क्रममा सामाखुसी प्रहरीमा निवेदनसमते पर्यो ।

उनले आज दिन्छु, भोली दिन्छु भन्दै झुक्याउन थाले, कम्पनीले उनलाई पक्राउ गर्ने कोसिस गर्यो । यसैबीच उनी ओखलढुंगा आईपुगेको जनकारी पाए ।

कम्पनी प्रतिनिधिका रुपमा पुरुषोत्तम न्यौपाने, कृष्णप्रसाद भण्डारी र संस्कार शेरचन उनलाई लिन ओखलढुंगा आईपुगे ।
रामकुमार त्यतिखेर रुम्जाटारस्थित आफ्नो दिदी विन्दास भुजेलको डेरामा पुगे ।  कम्पनी प्रतिनिधि त्यहि पुगे ।

उनीहरुले रामकुमारलाई काठमाडौं लाने र बाँकी लेनदेन हिसाब उतै गर्ने भनेर बोलेरो जिपमा चढाए ।

डेराबाट गाडी चढ्नुअघि उनी एकैछिन् है भन्दै कोठामा पसेका थिए ।  गाडी चढेर केहि मिनेटको दुरी सानीटार पुग्नेवित्तिकै उनले बान्ता गर्न थाले ।

उनको अवस्था चिन्ताजनक भयो ।  गाडी फर्काएर उनलाई रुम्जाटार अस्पताल पुर्याईयो अस्पताल पुर्याईएको केहि मिनेटमै अस्पतालले मृत घोषित गर्यो । – आजको कान्तिपुर दैनिकबाट