कास्की– कास्की जिल्लामा गाउँमा युवा नभएपछि सुत्केरी ब्याथा लागेकी एक गर्भवतीालई स्वास्थ्यकर्मीहरुले उद्धार गरेका छन् । जिल्लाको रुपा गाँउपालिका वडा नं ६ स्थित १९ वार्षिया उषा परियारलाई स्वास्थ्यकर्मीले नै बोकेर स्वास्थ्य चौकी ल्याएर सुत्खेरी गराएका हुन् ।


ADVERTISEMENT


गाउँमा युवा नभएका कारणा उनलाई ब्याथाले छोपेपछि स्वास्थ्यकर्मीहरुले नै उनलाई बोकेर स्वास्थ्य चौकीमा ल्याउनु परेको हो ।


ADVERTISEMENT

# # #


परियारलाई हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा, अहेव पुरुषोत्तम प्रसाद गौतम र अनमी गीता देवकोटले स्वास्थ्य चौकीमा ल्याएका थिए । १९ वार्षिया गर्भवती परियारको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।