काठमाडौं– विशेष अदालत काठमाडौंले तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंकका अध्यक्ष सीताराम प्रसाईंसहित पाँच जनालाई भ्रष्टाचारी ठहर गरेको छ । तत्कालीन यति (मर्जपश्चात हाल महालक्ष्मी) विकास बैंकका अध्यक्ष रहेका छन् ।


ADVERTISEMENT


विशेषका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल तथा प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीहरुले कर्जा अपचलन गरेको भन्दै दोषी ठहर गरेको हो । अध्यक्ष प्रसाईलाई ३५ लाख जरिवाना र १ वर्ष कैद हुने ठहर गरेको छ । कर्जा अपचलनमा संलग्न रहेको भनी १० महिना र अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह नगरेकोमा थप २ महिना गरी एक वर्ष कैदको फैसला सुनाएको हो ।


ADVERTISEMENT

# # #


सोही प्रकरणमा संलग्न रहेका हिम गुरुङलाई ३५ लाख जरिवानासहित ६ महिना कैद, सुनील प्रधानलाई १ वर्ष कैद, पदमप्रसाद खतिवडालाई ६ महिना कैद सहित १० हजार जरिवाना र कर्जा लिने केशवलाल खुशीलाई ७० लाख बिगो भराई थप ७० लाख जरिवाना गरी कुल १ करोड ४० हजार असुल गर्ने फैसला गरेको हो । ७० लाख बिगो बैंकलाई खुशीले फिर्ता गर्नु पर्ने र सोही बराबर जरिवाना दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ । – आजको नेपाल समाचारपत्रबाट