सुर्खेत– कर्मचारी अभावमा गत वर्षको पूरक बजेट कार्यान्वयन गर्न नसकेको प्रदेश सरकारलाई यो वर्ष पनि त्यही समस्या दोहोरिएको छ । संघीय सरकारले कर्णालीमा स्वीकृत दरबन्दीमध्ये ८० प्रतिशतभन्दा बढी कर्मचारी नपठाएपछि काम गर्न समस्या भएको हो ।


ADVERTISEMENT


प्रदेश सरकार गठन भएको नौ महिनासम्म आवश्यकताअनुसार कर्मचारी नभएपछि समस्या भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । ‘अझै पनि प्रदेशमा कर्मचारी अभाव छ,’ कर्णाली सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले भने ।


ADVERTISEMENT

# # #


उनका अनुसार अहिले प्रदेशमा तीन सय २५ कर्मचारी खटिएका छन् । संघीय सरकारले अझै एक हजार पाँच सय ७७ कर्मचारी पठाएको छैन । कर्णाली प्रदेशमा एक हजार नौ सय दुई कर्मचारीको दरबन्दी छ । – नयाँ पत्रिका दैनिकबाट