एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिमकट भविश्यमै उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनसँग दोस्रो शिखर भेटवार्ता हुने संकेत गरेका छन् ।


ADVERTISEMENT


न्युयोर्कमा दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनसँगको भेटवार्ताका क्रममा ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा धेरै प्रगति भएको जानकारी गराए । एक वर्षअघिसम्म अमेरिका र उत्तर कोरियाबीच परमाणु संघर्ष जारी थियो । तर, गएको जुन महिनामा ट्रम्पले उनसँग ऐतिहासिक पहिलो भेटवार्ता गरेका थिए ।


ADVERTISEMENT

# # #


न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बोल्दै ट्रम्पले अमेरिकी बिदेशमन्त्री माइक पोम्पेओले छिट्टै दोस्रो भेटवार्ताको संयोजन गर्ने बताए ।

उनले अहिलेसम्म भेटवार्ताको समय र स्थानबारे निर्णय भइनसकेको बताए । दक्षिण कोरियाली राष्ट्रपति मुनले हालैमात्र उत्तर कोरियाली राजधानी प्योङयाङको तीन दिने भ्रमण सम्पन्न गरेका थिए ।