काठमाडौं–लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथ ह्याम्पटनमाथी ३–० को जीत हासिल गरेसँगै लिभरपुल शीर्ष स्थानमा पुग्न सफल भएको हो ।


ADVERTISEMENT


प्रिमियर लिगमा यो सिजनमा ६ खेलमा ६ खेल नै जितेर प्रतिशत जित निकालेको लिभरपुलको अंक १८ पुगेको छ । लिगमा साविकको विजेता म्यानचेस्टर सिटी तथा चेल्सी क्रमशः १६ र १५ अंकका साथ दोश्रो र तेश्रो स्थानमा छन् । सिटीले ६ खेल नै खेलिसकेको छ भने चेल्सीले ५ खेल मात्र खेलेको छ ।


ADVERTISEMENT

# # #


३–० ले पराजित गर्ने क्रममा लिभरपुलले आत्मघाती गोलबाट एक गोल उपहार पाउँदा बाँकी दुई गोल जोएल मटिप र मोहम्मद सालेहले गरेका थिए ।

सबै तीन गोल पहिलो हाफमा भएका थिए । खेलको १०औं मिनेटमा नै वेस्ले होइडले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता पायो जसलाई मटिपले २१ औं मिनेटमा दोब्बर पारे भने ४५ औं मिनेटमा सालेहले तेब्बर पारे ।

दोस्रो हाफमा दुबैटोलीले गोल गर्ने प्रयास गरे पनि केहि अवसरहरूले पोस्टको दिशा लिन सकेनन् ।