काठमाडौं– बलिउड नायक सेफ अली खानकी छोरी हुन् सारा अली खान । उनी चाँडै नै बलिउड डेब्यू पनि गर्दैछिन् ।


ADVERTISEMENT


उनी चलचित्र ‘सिम्बा’ मार्फत बलिउडको सफर सुरू गर्दै छिन् । ‘सिम्बा’ मा उनी रणबीर सिंहको अपोजिटमा देखिदैछिन् । त्यस्तै उनीसंग अर्को चलचित्र ‘केदारनाथ’ पनि छ । उनी सुशान्त सिंहको अपोजिटमा ‘केदारनाथ’ मा देखिनेछिन् ।


ADVERTISEMENT

# # #


डेब्यू अघि नै चर्चित सारा हालै एक योगा सेशनमा देखिइन् । एक फोटोग्राफरले उनको फोटो लिइरहेका थिए भने कुर्सीमा बसिरहेकी सारा आफ्नो स्थानबाट उठेर फोटोगा्रफरमाथि बर्सिइन् । यसबाट बुझ्न सकिन्छ कि उनी त्यहाँ फोटो खिच्ने मूडमा थिइनन् ।

यद्यपी, पछि साराले आफ्नो यो व्यवहारका लागि माफी पनि मागेकी छिन् । साराको फिल्म ‘सिम्बा’ यसै वर्ष डिसेम्बर २८ मा रिलिज हुँदैछ ।

https://www.instagram.com/p/Bn8869cg1k0/?utm_source=ig_embed