रुकुम– रुकुम पुर्वको पुथा उत्तरगंगा गाँउपालिकामा खाद्य संकट देखिएको छ । चाड पर्व नजिकिँदै गर्दा जिल्लाको सो गाँउपालिकामा खाद्य संकट देखिएको हो । गत भदौ महिनामा चलेको अत्यधिक हावा हुरीका कारण मकै बाली नष्ट भएको र पहिरोका कारण गाडी संचालन नभएपछि खाद्य संकट देखिएको हो ।


ADVERTISEMENT


रुकुम पुर्वका जिल्ला समन्वय समितीका प्रमुख गजेन्द्रबहादुर ओली कैलाशका अनुसार पुथाउत्तरगंगा गाँउपालिकाको मैकोट, हुकाम लगाएतका गाँउमा सबै भन्दा बढी खाद्य अभाव रहेको छ । ति गाँउमा हावाहुरीले पुरै मकै नष्ट गरेको छ । हिमाली क्षेत्र भएकोले सो ठाँउमा धान उत्पादन नहुने र मकैबाली मुख्य बाली भएकोले त्यही पनि हावाहुरीले नष्ट भएपछि खाद्य अभाव भएको प्रमुख ओलीले बताएका छन् । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #