काठमाडौं– प्रतिनिधिसभाका १० विषयगत समितिको सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।


ADVERTISEMENT


आज सभापतिका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ । निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ देखि ५ बजे सम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्नुपर्छ । कम्तिमा एक सांसद प्रस्तावक र एक समर्थक रहने कार्यविधि रहेको छ । सबै १० वटा समितिमा दर्ता हुन आएको उम्मेदवारको सूची आज बेलुका प्रकाशन गरिने छ ।


ADVERTISEMENT

# # #


भोलि बिहान ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार उमेदवारको नाम निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ । बहुमतका आधारमा सभापति चयन गर्ने तयारी रहेको छ । सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्बिरोध घोषणा गरिनेछ ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तराष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।