काठमाडौं– ०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्न ६ खर्ब रुपैयाँ अपुग हुने भएको छ । पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएकामा चालू आर्थिक वर्षभित्र ३ खर्ब ३६ अर्ब रुपैयाँ मात्र उपलब्ध भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए । २०७३ वैशाखमा तयार पारिएको विपद्पश्चात्को पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि साढे ९ खर्ब रुपैयाँ लाग्ने आँकलन गरिएको थियो ।


ADVERTISEMENT

# # #


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आइतबार अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग चालू आर्थिक वर्षसम्म पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख गरे । थप रकम जुटाउन सरकार र दातृ निकायसँग छलफल भइरहेको उनले बताए । यद्यपि, त्यसको स्रोत भने अझै किटान भइनसकेको उनको भनाइ रहेको छ । – आजको राजधानी दैनिकबाट