बागलुङ– बागलुङ सदरमुकामदेखि पश्चिमको व्यापारिक केन्द्र गलकोटस्थित हटिया बजार बन्द भएको छ । व्यवसायीहरूले एकजना व्यवसायीमाथि भएको कुटपिटको घटनालाई लिएर बन्दको आह्वान गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार राति गलकोट नगरपालिका वडा नम्बर ३ लोकतान्त्रिक चोकमा कवाडी व्यवसाय संचालन गर्दै आएका भारतीय नागरिक रामबाबु कुमारलाई आफ्नै डेराबाट अपहरणको शैलीमा जंगलमा लगेर कुटपिट गरेको घटनाको बिरोधमा हटिया बजार बन्द गरेको व्यवसायीले बताए ।


ADVERTISEMENT

# # #


घटनामा संलग्न ४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी फरार ब्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । कवाडी व्यवसायीलार्इ अपहरण गरी कुटपिट गर्नेहरू पनि कवाडी व्यवसाय गर्नेहरू नै रहेको गलकोटका व्यवसायी बताउँछन् ।

गलकोटमा भएका विभिन्न संघ संस्था तथा युवाहरुको संयुक्त आह्वानमा गलकोट बन्द गर्ने घोषणा गरिएको व्यवसायीले बताएका छन् ।

कवाडी व्यवसाय सञ्चालन गर्दै आएका भारतीय नागरिक कुमारलाई श्रीमतिसँगै सुतिरहेको बेला एक्कासि ढोका खोल्न लगाई मुख रुमालले छोपिदिएर पिकअपमा राखी गलकोट नगरपालिका–११ रिघाको जंगलमा पुर्याइएको थियो । उनीमाथि निर्धात कुटपिट गरि जंगलमै फालिदिएको जनाइएको छ ।