काठमाडौँं– तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ ।


ADVERTISEMENT


महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवती (आनी)ले बम्जनले पटक–पटक बलात्कार गरेको बताएकी छिन् ।


ADVERTISEMENT

# # #


बम्जनको गुम्बामा आनी बन्न गएकी किशोरीले पत्रकार सम्मेलनमा बोल्दै २ वर्ष पहिले आफूलाई बम्जनले पटकपटक बलात्कार गरेको बताइन् ।

बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्न खोज्दा बम्जनकी श्रीमतीले धम्काएका कारण आफूले यो विषय बाहिर ल्याउन नसकेको बताइन् । – आजको राजधानी दैनिकबाट