काठमाडौं– नेशन्स कपमा विश्वकप फुटबल २०१८ को उपविजेता बनेर राम्रो चर्चा कमाएको क्रोयसिया बिरुद्ध स्पेनले ६ गोल गरेको छ । गएराति भएको खेलमा स्पेनले क्रोयसियालाई ६–० ले हराएको हो ।


ADVERTISEMENT


क्रोयसिया बिरुद्ध स्पेनले पहिलो हाफ अगाडी तीन र हाफ पछाडि तीन गोल गर्दै खेलभरमा ६ गोल गरेको थियो । स्पेनको जितमा साउल निगुएज, मार्को एसेन्सिओ, रोड्रिगो, सर्जियो रामोस र इस्कोले एक–एक गोल गरेका थिए भने एक गोल आत्मघाती क्रोएसियाले आत्मघाती गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


नेशन्स लिग युरोपियन फुटबलको नयाँ प्रतिस्पर्धामा खेलिरहेको स्पेन लगातार दुई जित निकाल्दै ३ अंकसहित समूह ए फोरको शीर्ष स्थानमा छ ।