काठमाडौं–राजपाका अध्यक्षमण्डलका नेता राजकिशोर यादवले नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुको विकल्प नरहेको बताएका छन् । सोमबार सुरु भएको अध्यक्षमण्डलको बैठकमा नेता राजकिशोर यादवले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिनुको विकल्प नभएको धारणा राखेका हुन् ।


ADVERTISEMENT


पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकका एजेन्डामा आगामी असोज ३ गते संविधान दिवसलाई ‘कालो दिवस’ मनाउने, वैशाख ७ देखि ९ गते हुने पार्टीको पहिलो एकता महाधिवेशन, पार्टी र संसदीय दलको विधान र पार्टीको भावी रणनीतिलगायत छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी ओलीले मधेस मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको ९ महिना पुग्न लाग्दा पनि टुंगो नलागेको, मधेस आन्दोलनका बेला लागेका झुटा मुद्दा फिर्ता नभएको र कैलाली क्षेत्र १ बाट निर्वाचित रेशम चौधरीलाई सांसदको शपथ गराउन चासो नदिएको भन्दै समर्थन फिर्ता लिन नेता यादवले माग गरेका छन् । – आजको अन्नपुर्ण पोष्टबाट