काठमाडौं– ललितपुरमा अर्को बलात्कारको घटना सार्वजानीक भएको छ । ललितपुरको इमाडोलमा दिदीसँग बस्दै आएकी ११ वर्षीया बालिका बलात्कारको सिकार भएकी हुन् । भदौ २१ गते साँझ पाँच बजे घरबाट साथी १३ वर्षीया अर्की बालिकासँग निस्किएकी ती बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पुगेकी थिइन् ।


ADVERTISEMENT


बसपार्क पुगेर झर्ने क्रममा ‘कता जाने अब घरमा जान मन छैन’ भनेपछि कीर्तिपुर बस्दै आएका कैलालीका हेमबहादुर खत्रीले ‘मेरो डेरा जाऊँ’ भन्दै प्रस्ताव राखेका थिए । सुरुमा अनकनाएपछि दुवै बालिका खत्रीसँग उनको डेरा जान राजी भए । प्रहरीका अनुसार खत्रीले डेरा पुगेपछि दुवैलाई खाना पकाएर खुवाए । राति सँगै सुते । १३ वर्षीया बालिका निदाएपछि उनले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । तीन दिन सँगै डेरामा दुबै बालिकालाई राखेर यातना दिएपछि १३ वर्षीया बालिका डेराबाट भागेर आइतबार बल्खु प्रहरीमा पुगेकी थिइन् ।


ADVERTISEMENT

# # #


प्रहरीले बालिकाका आफन्तलाई बोलाएर सोधपुछ गर्दा उनीहरू भदौ २१ गतेदेखि घर नआएको पत्ता लागेको थियो । १३ वर्षीया बालिकाकै सूचनाका आधारमा प्रहरीले कीर्तिपुरमा डेरा गरी बसेका खत्रीको डेरा फेला पार्यो । ११ वर्षीया बालिका रोइरहेको अवस्थामा फेला परेकी थिइन् । तर खत्री कोठमा थिएनन् । खोजतलास गर्ने क्रममा खत्रीलाई कीर्तिपुरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए । – नयाँ पत्रिका दैनिकबाट