काभ्रेपलाञ्चोक– कुकुर कुट्दा बनेपका दुई युवा जेल परेको खबर छ । बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ।


ADVERTISEMENT


स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो । ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दार्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो ।


ADVERTISEMENT

# # #


उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’ लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन् । सन्तानझैँ माया गरेर पालेको कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो पहिलो हो ।

‘उजुरी दर्ता गर्ने वा नगर्ने ?’ भन्ने सम्बन्धमा प्रहरी अन्योलमा थियो । तर, मुलुकी अपराध संहिता पल्टाएपछि प्रहरी उजुरी लिन बाध्य भयो । ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो ।

घर पालुवा जनावर कुटेको उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका ७ घर भई हाल बनेका बस्दै आएका १९ वर्षीइ सुरेश ब्लोन र धुलिखेल १ का २८ वर्षिय राज लामामाथि मुद्दा चलाइएको हो ।

उनीहरुले जोशीको घरमा बाँधेर राखिएका कुकु टमी र कालीलाई रडले हानेर खुट्टा भाँचिदिएका थिए । – आजको राजधानी दैनिकबाट