काठमाडौँ – नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक अपरान्ह चार बजेसम्मका लागि स्थगित भएको छ । बैठक दोस्रो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवार टुंगो लगाउने विषयमा केन्द्रित छ ।


ADVERTISEMENT


बिहान केहीबेर बसेको बैठक पुनः चार बजे बस्ने गरी स्थगित भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पाँच नम्बर प्रदेशका दाङ, बाँके, बर्दिया लगायत जिल्लामा उम्मेदवारको विषय बढी विवादित बनेको छ । स्थानीयस्तरमा टुंगो लगाउन नसकेपछि सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रीय कार्यालयमा पठाइएको छ ।

बैठकमा सरकारमा जाने मन्त्रीहरुको नामावलीबारे पनि छलफल हुनेछ । देउवा नेतृत्वको सरकारमा हाल कांग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्लाह मन्सुरमात्र सहभागी छन् । पौडेल पक्षले आफूलाई सम्मानजनक स्थान पाउनुपर्ने बताएपछि मन्त्री चयनमा पनि विवाद देखिएको छ ।

नेता निधिले भने बाहिर सार्बजनिक भएजस्तो कुनै विवाद नभएको दाबी गरे । अब छिट्टै उम्मेदवार र मन्त्रीहरू टुंगो लाग्ने उनले बताए ।