काठमाडौँ– मलेसियामा जारी एसीसी एशिया कप छटनोटमा हङकङसंग ३ विकेटले पराजित भएसंगै प्रतियोगिताबाटै बाहिरिएको छ ।
युकेएम ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९५ रन बनायो ।


ADVERTISEMENT


यता ९६ रनको लक्ष्य पच्छ्याएको हङकङको पनि जित भने सहज हुन सकेन । उसले पनि ७ विकेट गुमाउँदै ३२.३ ओभरमा लक्ष्य पूरा गर्यो । हङकङका लागि कप्तान अंशुमान राथले सर्वाधिक ५२ रन बनाए । सन्दीपको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुनुअघि उनले ८२ बल खेलेर ३ चौका र एक छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै किन्चत शाहले ११ रन बनाए भने ओपनर क्रिस्टोफर जेम्स कार्टरले ८ रन बनाउनुबाहेक अन्यले भने राम्रो ब्याटिङ गर्न सकेनन् ।

सँधैँ झै ब्याटिङ चल्न नसक्दा सामान्य अंकमा समेटिएको नेपालको इज्जत सन्दीप लामिछानेले जोगाइदिए । उनले १० ओभर बलिङ गर्दा २ मेडेन राख्दै २७ रनमात्र दिएर ५ विकेट चट्काए । यस्तै वसन्त रेग्मी र सागर पुनले समान १/१ विकेट लिए ।

नेपालको सुरुवात पनि राम्रो हुन सकेन । पहिलो विकेटका रुपमा खाता खोल्न नपाउँदै शुवास खकुरेल आउट भए । त्यसमा अनिलसंगको सािझेदारीमा २२ रन जोड्दै पारस खड्का व्यक्तिगत १४ रनमा आउट भए । यस्तै अनिल कुमार शाह १५, ज्ञानेन्द्र मल्ल् १२, दीपेन्द्र ऐरी २, सागर पुन ७ र सोमपाल कामी शून्य रनमा आउट हुँदा नेपाल १३.५ ओभरमा ५८/७ को दयनीय अवस्थामा पुग्यो ।यता नेपालको ब्याटिङमा

त्यसपछि आरिफ सेख र वसन्त रेग्मीले ३४ रनको साझेदारी गरेपनि त्यो प्रयाप्त हुन सकेन । आरिफ सेखले सर्वाधिक १८ रन बनाए । ५३ बल खेलेका उनले २ चौका प्रहार गरे ।आरिफ आउट हुँदा त्यसमा ३ रन जोडन नपाउँदै थप २ विकेट गयो । सन्दीप लामिछाने (२) र ललित राजवंशी शून्य रनमा आउट भए । यस्तै वसन्त रेग्मी ४२ बल खेलेर १५ रनमा नटआउट रहे ।

यता हङकङका लागि इशान खानले उत्कृष्ट बलिङ गरे । उनले ७.५ ओभरमा एक मेडेन ओभरको सहयोगमा १५ रनमात्र खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । यस्तै तानवीर अजफल र मोहम्मद एजाज खानले समान २/२ तथा नादिम अहमेद र इशान नवाजले समान १/१ विकेट लिए ।

आजको हारसंगै नेपाल ५ खेलमा ४ अंक बटुलेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।