काठमाडौँ– मलेसियामा जारी एसीसी एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । नेपालले सिंगापुरलाई चार विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


मलेसियाकोको युकेएम मैदानमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।१५२ रनको लक्ष्य पाएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि ओपनर अनिल कुमार शाहले सर्वाधिक ४३ रन बनाए । ३२ बल खेलेका उनले ५ चौका र २ छक्क प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए । उनले ३ चौका र एक छक्का ठोकेका थिए ।

यस्तै ज्ञानेन्द्र मल्लले २९, सागर पुनले १४ रन बनाउँदा कप्तान पारस खड्का ११ तथा सुवाश खकुरेल १४ रनमा आउट भए । आरिफ शेख (४) र सोमपाल कामी शून्य रनमा नटआउट रहे । बलिङतर्फ सिंगापुरका अनन्त कृष्ण र सेल्लादोरे विजय कूमारले समान २-२ विकेट लिए । त्यस्तै, कार्थिकेयन सुप्रमुनियम र सरन कुमार स्वामिनाथमले समान १-१ विकेट लिए ।

नेपालले अब मंगलबार हङकङको सामना गर्नेछ । आगामी यात्रा तय गर्नका लागि नेपालले उक्त खेलपनि जित्नैपर्ने दबाब रहेको छ ।

यसअघि सिंगापुरले १५१ रन बनाउने क्रममा सिंगापुरका चेतन रामचन्द्र सूर्यवंशीले अर्धशतक पूरा गरेका थिए ।

उनले ८८ बल खेल्दै ६० रन बनाएका हुन् । त्यस्तै, सिंगापुरका अनिस एडवार्ड रामले ३१ रन बनाएका थिए भने कार्थिकेयन सुप्रमिनीयमले २० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

सिंगापुरलाई १५१ रनमै समेट्न नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । सिंगापुरविरुद्ध एसिया कप छनोटमा पहिलो खेल खेल्ने अवसर पाएका ललित नारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । ललित र सन्दीप लामिछानेले समान ३—३ विकेट लिएका थिए । त्यस्तै, नेपालका लागि सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।