काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बिहीबार साँझबाट बालुवाटार छाडेका छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि २० साउनदेखि बिदामा छन् ।


ADVERTISEMENT


५ चैतदेखि प्रधानन्यायाधीशनिवास बालुवाटार बस्न थालेका जोशी बिहीबार धुम्बाराही स्थित आफ्नै निवास सरेका हुन् । १ चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि कामु प्रधानन्यायाधीशको हैसियतमा जोशी बालुवाटार सरेका थिए ।


ADVERTISEMENT

# # #


१८ साउनमा संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेपछि २० साउनदेखि घर बिदामा बसेका थिए । – आजको नयाँ पत्रिकाबाट