काठमाडौं–चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासलमाथि संघर्षपूर्ण जित निकालेको छ । लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा चेल्सीले न्यू क्यासलमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो ।


ADVERTISEMENT


न्यु क्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि ७६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इडेन हाजार्डले खेलमा अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा जोसेलुले गोल गर्दै न्यू क्यासल खेलमा फर्कियो ।


ADVERTISEMENT

# # #


खेल सकिन तीन मिनेट बाँकी हुँदा डि आन्द्र एडिनले आत्मघाती गोल उपहार दिएपछि चेल्सी २–१ ले विजयी भयो ।

विलियनको फ्रिकिकमा ओलिभर जिरूले मार्कोस अलन्सोलाई दिएको बललाई क्लियर गर्ने क्रममा डि आन्द्र एडिनले आत्मघाती गोल भएको हो । न्यु क्यासलमाथिको जितसँगै चेल्सीले प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ ।

चेल्सी तीन खेलबाट ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान अंक भए पनि लिभरपुल गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । पराजित न्यू क्यासलको यो दोस्रो हार हो । एक खेल बराबरी गरेको न्यु क्यासल १६औं स्थानमा छ ।