काठमाडौँ– महासमिति बैठकबारे निर्णय लिन नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।


ADVERTISEMENT


भदौका लागि तोकिएको महासमिति बैठक विधान मस्यौदा समिति गठनमा ढिलाई भएपछि अनिश्चित बनेको थियो । आज बोलाइएको केन्द्रीय समिति बैठकले महासमितिको मिति तय गर्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा समेत छलफल हुने बताइएको छ । यसअघि काँग्रेसको हिजो मात्र गठन भएको विधान संशोधन मस्यौदा समितिको पहिलो बैठक समेत बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बसेको मस्यौदा समिति बैठकले पार्टीलाई संघीय संरचनामा जानेगरी विधान संशोधनको मस्यौदा तयार पार्नेछ ।

महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित समितिमा समितिको सदस्यहरूमा डाक्टर मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दीलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य रहेका छन् ।