काठमाडौं–विश्वभरी संजाल रहेको र मानविय क्षेत्रमा कृयाशिल जेसिआइले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका १० उत्कृष्ट व्यक्तिलाई छनोट गरी पुरस्कृत गर्दै आएकोमा विश्व भरबाट छानिएका २० जना मध्ये एकजनामा डाक्टर कमल लामिछाने परेका छन् । कमल लामिछाने विद्यावारिधी गर्ने नेपालकै पहिलो दृष्टिविहीन व्यक्ति समेत हुन् ।


ADVERTISEMENT


उनलाई जिताउनका लागि यही अगस्त २४ सम्ममात्र भोट गर्न सकिने जनाइएको छ ।


ADVERTISEMENT

# # #


भोट गर्नका लागि यो लिंकमा क्लिक गरेपछि उहाँको फोटोमा क्लिक गरेर फोटोको तल रहेको लाइक बटनमा क्लिक गर्नुपर्छ ।

JCI Ten Outstanding Young Persons of the World

अमेरीकी राष्ट्रपति स्वर्गीय जोन एफ केनेडीले पनि जेसीआइको यो सम्मान पाएका थिए ।

डाक्टर कमल लामिछाने दृष्टिविहीन भएकै कारण १२ वर्षको उमेरसम्म पढ्न पाएका थिएनन् । उनी चितवनस्थित कालिका नगरपालिका वडा नं ७ का स्थायी बासिन्दा हुन् । उनले सन् २०१० सालमा २९ वर्षको उमेरमा टोक्यो विश्वविद्यालयबाट पिएचडी गरेका थिए । हाल उनी जापानको चुकुबा विश्वविद्यालयका सहप्राध्यपक समेत रहेका छन् । चुकुबामा अध्यापन गर्नु पूर्व उनी जाइका अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत रहेका थिए ।

उनका शिक्षाका साथै अपांगतासम्बन्धी थुप्रै अनुसन्धानमूलक प्राज्ञिक आलेखहरू अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । लामिछानेको विकासोन्मुख मुलुकमा अपांगता, शिक्षा र रोजगारी नामक क्याब्रिज विश्वविद्यालयबाट २०१५ सालमा प्रकाशित पुस्तकलाई जापान सोसाइटी फर इन्टरनेश्नल डिभेलोपमेन्टले २०१६ सालमा पुरस्कृत गरेको थियो ।

आत्मविश्वास, परिश्रम र सकारात्मक सोचमा विश्वास राख्ने उनले संयुक्त राष्ट्र संघको दीगो विकाशका लक्ष्यहरूमा अपागंतालाई समेट्न महत्वपूर्ण भूमिका खेलेका थिए । विश्व बैंक र संयुक्त राष्ट्रसंघका अलावा उनले एशिया, उत्तर र दक्षिण अमेरीका अनि अष्ट्रेलियामा बिभिन्न समयमा शिक्षा र रोजगारीका बारेमा अनुसन्धानमा आधारित लेक्चरहरू दिँदै आएका छन् ।