मुगु– मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका भित्रको एक मात्र रहेको ‘रारा शिक्षा क्याम्पस’ बुधबारबाट क्याम्पस चन्दा दाताहरुले क्याम्पसको प्रशासनिक फाँट र लेखा फाँटमा ताला बन्दी गरेका छन् ।


ADVERTISEMENT


रारा शिक्षा क्याम्पस २०६४ सालमा स्थापना हुदा छायाँनाथ रारा नगरपालिका माथि तुम गाँउका २० घर परिवारले क्याम्पसलाई २५ रोपनी भन्दा बढी जग्गादान गर्ने क्रममा क्याम्पस र चन्दादाताबीच क्याम्पस भित्र उपलब्ध हुने विभिन्न सेवाहरुलाई चन्दा दाताहरुको शैक्षिक योग्यता पुगे अनुसार रोजगारी दिने भन्ने समझदारी भएको थियो ।


ADVERTISEMENT

# # #


तर अहिले आएर सो क्याम्पस आंगिक हुन लाग्दा क्याम्पसले चन्दा दाताहरुलाई बेखबर बनाई आफ्नो सन्तानहरु र फजुल कर्मचारीहरुको सिफारिस गरिएकाले बिगतमा भएको आफ्नो मागहरु पूरा नहुन्जेलसम्मको लागी ताला लगाइएको र आन्दोलन जारी रहने चन्दादाता कुम्बर सिंह खड्काले बताए ।

२ दिनसम्म रारा शिक्षा क्याम्पस ताला बन्दी हुँदा पठान पाठनमा र क्याम्पसको प्रशासनिक काममासमेत ठ्प्प भएको छ ।