काठमाडौं– नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नवित्दै बन्द भएको छ । निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।


ADVERTISEMENT


आज (बुधबार) बिहानदेखि अण्डरपास बन्द भएको ट्राफिक प्रहरी कार्यालय, कलंकीका प्रहरी निरीक्षक विमल थापाले जानकारी दिए । ‘केही दिन परीक्षणका लागि सुरु गरिएको र निर्माण सम्पन्न गर्न केहीदिन बन्द गर्नु पर्ने भएको भन्दै हामीलाई जानकारी आएको थियो सोही अनुसार अण्डर पास बन्द गरिएको हो ।’ उनले भने ।


ADVERTISEMENT

# # #


आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ । अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु २५ मिनेट जाममा बस्न बाध्य भएको प्रहरी निरीक्षक थापाले बताए ।

चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास यही भदौ एक गतेदेखि सुरु भएको थियो । साउन १ गतेदेखि नै सरु गर्ने गरी निर्माण भएको अण्डरपास अन्ततः भदौ १ गते बिहीबारदेखि सञ्चालनम आएको थियो ।

सन् २०१६ मा सुरु गरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटकपटक समय थप गरिएको थियो । यो अन्डरपास नेपालकै पहिलो हो । अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ । अन्डरपास सञ्चालन भएसँगै कलंकीको जाम हट्ने विश्वास लिइएको छ ।