विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा घरघरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले हाँसोमा उडाए । भारतले नाकाबन्दी गरेर ग्यासको अभाव भइरहेको बेला उनको यो भनाई पत्याउनेको संख्या कमै थियो । तर उनै प्रधानमन्त्री ओलीले भाषणलाई सार्थक बनाउँदै मंगलबार विराटनगरको जतुवामा पाइपबाट घरघरमा लगिएको ग्यासको औपचारिक उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


विराटनगर महानगरपालिकाको जतुवामा पुगेर उनले पाइपबाट भान्छामै पुगेको ग्यासको उद्घाटन गरेका हुन् । जतुवाका ३२ परिवारले गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले खाना पकाइरहेका छन् ।


ADVERTISEMENT

# # #


तर, यो पाइपबाट भान्छामा ग्यास लैजाने काम भने सरकारले होइन, विराटनगर १४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले गरेको हो । सदनमा पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पुर्‍याइएको हो ।

पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको छ । उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्नेछ । यो एलपी ग्यास भन्दा सस्तो हुन्छ ।