काठमाडौं– कालीमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले तरकारी तथा फलफूलमा अनियमितता भएको भन्दै अनुगमन गरेपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।


ADVERTISEMENT


अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगाना पक्राउ परेका थिए । पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् ।


ADVERTISEMENT

# # #


अन्य दिन करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै भित्रिएको छ । सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए । उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो ।