काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) गोबर ग्यासको उद्घाटन गर्न विराटनगर जाँदै छन् ।


ADVERTISEMENT


विराटनगर उपमहानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको वायोग्यासको आज (मंगलबार) उद्घाटन गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको हो । उक्त ग्यास पहिलो चरणमा स्थानीयका ३५ घरमा जडान गरिएको छ ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ ।