काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ ।


ADVERTISEMENT


पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिए। व्यवस्थापिका–संसद्मा सो दलबाट ३७ सांसदले प्रतिनिधित्व गरेका छन्।


ADVERTISEMENT

# # #


नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको एक्लो उम्मेद्वारी परेको छ । आज बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक एमाललेले भरतपुर महानगरको वडा नं १९को विषयलाई लिएर आरोध गरेपछि मंगलबार सम्मका लागि स्थगित भएको छ । यसैगरी राजपाले पनि देउवाकै पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।