काठमाडौँ– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई अनुसन्धान गर्न विशेष अदालतले सात दिनको म्याद दिएको छ । शुक्रबार पक्राउ परेका शर्मालाई अख्तियारले आइतबार बिहान विशेष अदालतमा उपस्थित गराएको थियो ।


ADVERTISEMENT


विशेष अदालतले शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ । अदालत परिसरमा सन्चारकर्मीसँग संक्षिप्त कुरा गर्दैै शर्माले आफ्नो गिरफ्तारी गैरकानुनी भएको दाबी गरे ।


ADVERTISEMENT

# # #


कर फछ्र्यौट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ गरेपछिसँगै शर्मा पदबाट निलम्बित भएका छन् । उनी सचिव हुने रोलक्रममा थिए ।