काठमाडौँ– महामन्त्री सशांक कोईराला वीपी कोईरालाका छोरा हुन्, काँग्रेस नेता प्रकाशमान सिंह गणेशमान सिंहका छोरा हुन्, यस्तै अफ्ताव आलम शेख ल्याकतमा नाति तथा शेख ईद्रिसका सन्तान हुन् । यिनै तीन नेताका सन्तानले नेपाली कांग्रेसको नयाँ यात्राको थालनीका लागि शनिबार भेला गरेका छन् ।


ADVERTISEMENT


पार्टीलाई बचाउनका लागि भएको भेटवार्ता एेतिहासिक भएको तीनै नेताले बताएका छन् । ‘काँग्रेस बँचाउन, पार्टीलाई पुरानै शक्तिशाली बनाउन हाम्रो भेट भयो’ बैठकपछि नेता आलमले हिमालय पोष्टलाई भने ‘अब काँग्रेसलाई देश हाँक्ने हैसियतमा दौडाउँछौँ, यो हामी तीनैजनाको सँकल्प हो ।’


ADVERTISEMENT

# # #


काँग्रेसका बारेमा चिन्ता ब्यक्त गर्दै आलमले कोईराला र सिँहलाई नयाबानेश्वर स्थित आफ्नो घरमा ‘डिनर वार्ता’का लागि निम्ता गरेका थिए ।

करिब ३ घण्टा चलेको वार्तामा काँग्रेसको शक्ति फर्काउनका लागि तल्लो तह देखि केन्द्रीय तह सम्मै पुन्रजागरणको नयाँ रक्तसञ्चार गराउने निष्कर्ष तय भएको समेत नेताहरूले बताएका छन् ।

उपसभापति विमलेन्द्र निधिले मधेशमा आफूमात्र एकछत्र नेता भन्दै आएपछि २ नम्बर प्रदेशका आलमले उनलाई चुनौती दिनेगरी अगाडि बढ्न लागेका छन् । मधेशमा आफ्नो उपस्थितिलाई दह्रो बनाउने रणनीतिमा आलम देखिएका छन् ।