काठमाडौँ– युवा संघ नेपाल र वाइसीएल नेपाल बुढिगङ्गा गाउँकमिटी (मोरङ)को संयुक्त युवा भेला सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको भेलामा ८ सदस्यीय कार्यदल बनाइएको छ ।


ADVERTISEMENT


वाइसीएल बुढिगङ्गा गाउँकमिटीका संयोजक प्रेम खबासको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि युवा संघ केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत रहेका थिए । यस्तै विशेष अतिथीमा वाइसीएल केन्द्रीय सचिवालय सदस्य ईश्वरी आचार्य लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै यवासंघका उपाध्यक्ष बस्नेतले कांग्रेसले सरकारको विरुद्धमा भ्रम फैलाउने कार्य गरेको आरोप लगाए । उनले सरकारको विरोध गर्दै विभिन्न किसिमका भ्रम फिजाउनेविरुद्ध सशक्त रुपमा लाग्न युवा संघ र वाइसीएल मातहत कमिटीलार्इ निर्देशन दिए ।

यस्तै उनले समाजमा दिनप्रतिदिन घटिरहेका महिला हिंसा तथा बलात्कारका घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न र दोषीलार्इ कडा कार्बाही गर्न माग गरे ।