काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघका पूर्व बरिष्ठ उपाध्यक्ष मणि कुँवरले अखिल नेपाल फुटबल संघमा भैरहेका अनियमितताको बारेमा छानबिन गर्न माग गरेका छन् ।


ADVERTISEMENT


उपाध्यक्ष कुँवरले साउन २४ गते युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिबलाई भेटेर उक्त अनियमितताको छानबिन गर्न माग गर्दै ५ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


ज्ञापनपत्रमा अखिल नेपाल फुटबल संघमा विधानविपरित धाक धम्की, त्रास र प्रलोभनमा पारेर नयाँ कार्यकारिणी समितिको चयन गरेको, संसारमै नभएको रेलिगेसन विनाको लिग गर्ने भनेर चुनावमा विभिन्न क्लबसँग गरेका वाचा पुरा गर्न नेतृत्व लागेकोे, विदेशी नागरिक नविन पाण्डेलाई देशको प्रतिनिधि बनाएर फिफाको काँग्रेसमा सहभागि गराएको तथा वल्डकप २०१८ मा ल्याएका भनिएका २५० वटा टिकटको पारदर्शिता नभएको अलगायतका आरोप छन् ।