झापा- जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा आज बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए ।