काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लाग सिंगापुर प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


उनी स्वास्थोपचारका लागि पत्नी डा. आरजु राणा देउवाका साथ बुधबार दिउँसोे सिंगापुर प्रस्थान गरेका हुन् । सभापति देउवाले सिंगापुरमा पेट सम्बन्धि रोगको उपचार गराउने उनका सहयोगी भानु देउवाले जानकारी दिएका छन् । ‘‘पेटको समस्याको उपचार गराउन सभापति सिंगापुर जानुभएको हो,’’ स्वकीय सचिव देउवाले भने ।


ADVERTISEMENT

# # #


तर पेटमा कस्तो समस्या हो भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन । उनका अनुसार उपचारका क्रममा कति समय सिंगापुर बस्ने भन्ने बारेमा उता पुगेपछि मात्र टुंगो लाग्नेछ ।

साउन ६ गते नै सिंगापुर जाने भनिए पनि डा. गोविन्द केसीको अनसन र कांग्रेसले जारी राखेको सरकार विरोधी आन्दोलनका कारण देउवाले भ्रमण स्थगित गरेका थिए । सिंगापुरस्थित माउन्ट एलिजावेथ हस्पिटलमा देउवाको उपचार हुने बताइएको छ । यसअघि पनि देउवाले सोही अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका थिए ।