एजेन्सी– सुटिङको क्रममा अमेरीकाबाट बुल्गेरिया पुगेकी बलिउड अभिनेत्री आलिया भट्ट नयाँ फिल्म ‘ब्रम्हास्त्र’को काममा व्यस्त रहेकी छिन् । यी अभिनेत्रीले त्यहाँका सन्चारमाध्यमसंग कुरा गर्दै कुनै पनि समय आफ्नो बिहे हुनसक्ने प्रतिक्रया दिएकी छिन् ।


ADVERTISEMENT


उनले आफ्नो प्रेम सम्बन्ध रणवीर कपुरसंग रहेको पनि स्वीकार गरेकी बतार्इएको छ । सन्चारमाध्यमहरूले बिवाह कहिले हुन्छ ? भनी सोधेको प्रश्नमा उनले जुन कुनै समय पनि हुन सक्ने प्रतिक्रिया दिएकी छिन् । उनले विवाहपछि पनि आफ्नो फिल्म करियरलार्इ निरन्तरता दिने समेत सञ्चारमाध्यमलाई जानकारी गराएकी छिन् ।


ADVERTISEMENT

# # #


उनले बिहे हुन् अझै केही समय लाग्ने र विवाहपछि पनि अभिनयलार्इ निरन्तरता दिने आफन्त तथा शुभचिन्तकलार्इ जानकारी समेत दिएकी छिन् ।