उर्लाबारी– सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ ।


ADVERTISEMENT


पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिएका छन् । दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । रासस