काठमाडौं– १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् ।


ADVERTISEMENT


उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार मिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा गएर बलात्कार गरेका थिए ।

बृत्त प्रमुख डिएसी श्याम राईले तिमल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए ।

हरि तिमल्सिालाई पक्राउ गरिएको छ । अनुसन्धान हुँदैछ । उनलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो, उनले भने । – आजको नयाँ पत्रिकाबाट