काठमाडौं– आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।


ADVERTISEMENT


महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

यसैबीच, अपहरित ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन् ।